जनकपुरधाम-जनकपुरधामका कोरोना संक्रमित पत्रकार वीरेन्द्र रमण कोरोना संक्रमणलाई जितेर बिहिबार डिस्चार्ज भएका छन्।कोरोना संक्रमण भएको १८ दिन पछि निको भएर डिस्चार्ज भएका छन् । गत वैशाख ३० गते राति उनमा कोरोना संक्रमण पुष्टि भएको थियो भने वैशाख ३१ गते जनकपुरधामस्थित प्रदेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार चलि रहेको थियो।पत्रकार रमणको तेस्रो कोरोना टेस्टको रिपोर्ट निगेटिभ आएपछि उनलाई बिहिबार चिकित्सकहरुको रोहबरमा डिस्चार्ज गरिएको छ ।
चिकित्सक रविरञ्जन प्रसादका अनुसार पत्रकार रमणमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको जानकारी दिए ।कोरोना संक्रमण निको भएपछि पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्र्र्ण, धनुषा शाखाका अध्यक्ष अनिल मिश्र र पत्रकार अजय अनुरागीले उनलाई स्वागत फुलमाला लगाएर स्वागत गरेका छन् ।पत्रकारहरुले आफ्नो स्वेच्छाले कोरोना परीक्षण गराउँदो पत्रकार रमण र पुस्तक व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएको थियो। जनकपुरधामको प्रादेशिक अस्पतालमा रहेको आइसोलेसनबाट डिस्चार्ज हुने पत्रकार रमण पहिला व्यक्ति हुन्।