Saturday, January 18, 2025
Home > News > उद्योग व्यवसायको पुनःउत्थानका लागि कसलाई कति कर छुट?


उद्योग व्यवसायको पुनःउत्थानका लागि कसलाई कति कर छुट?

काठमाडौँ – सरकारले कोरोनाबाट प्रभावित भएका उद्योग व्यवसायको पुनःउत्थानका लागि कर छुट दिने घोषणा गरेको छ।बिहीबार अर्थमन्त्री युवराज खतिवडाले पेशको आर्थिक वर्ष २०७७/७८ को बजेटमा लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई कर छुट दिने घोषणा गरेको हो।बजेट भाषणअनुसार वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ।त्यस्तै ५० लाख भन्दा बढी एक करोडसम्म कारोबार गर्ने गर्ने लघु तथा साना उद्योगीलाई २५ प्रतिशत छुट दिने भएको छ। त्यस्तै लघु उद्यमलाई आयकर छुटको अवधि दुर्व वर्ष थप गरी सात वर्ष र महिला उद्यमीले सञ्चामलन गरेको उद्यमलाई तीन वर्ष थप गरी दश वर्ष पुर्याएको छ। लघु बीमा लाग्दै आएको मूल्य अभिवृद्धिकर हटाइको छ।

पूर्वप्रम भट्टराईको चिन्ताः यो बजेटले समस्या हल होला ?:पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि सरकारद्वारा प्रस्तुत बजेट र चालू आवको बजेटमा खासै भिन्नता नरहेको टिप्पणी गरेका छन्।अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदमा आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेका थिए।यसपटकको बजेटमा स्वास्थ्य, श्रम र रोजगार, आर्थिक पुनरुत्थान, कृषि र शिक्षा क्षेत्र प्राथमिकतामा परेका छन्। सदनमा बजेट प्रस्तुत भएपछि ट्वीट गर्दै जनता समाजवादी दलका नेता भट्टराईले भनेका छन्, ‘यो वर्षको बजेट सँगसँगै पोहोर सालको बजेट वक्तव्य पनि खोलेर हेर्नुहोला। बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुवहु उही छन्। बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि,शिक्षा जस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तै उस्तै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *