Saturday, August 8, 2020
Home > News > कर हटाएपछि निगमले घटायाे हवाइ इन्धनकाे मूल्य


कर हटाएपछि निगमले घटायाे हवाइ इन्धनकाे मूल्य

एजेन्सी। नेपाल आयल निगमले हवाइ इन्धनकाे मूल्य घटाएकाे छ। सरकारले बजेटमार्फत हवाइ इन्धनमा लाग्ने गरेकाे पूर्वाधार कर हटाएपछि निगमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाएकाे हाे। याे निर्णय आन्तरिक उडानमा मात्र लागू हुनेछ। यससँगै अब हवाइ इन्धनकाे मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम भएकाे छ।सरकारले पेट्राेल, डिजल र मट्टीतेलकाे भन्सार मूल्यमा केही हेरफेर गरेकाे थियाे। तर निगमले यसअघिकै मूल्य कायम गरेकाे छ।

रेलका लागि ८ अर्ब ६६ करोड बजेट:सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका बजेट विनियोजन गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको बिहीबारको संयुक्त बैठकमा रेलका लागि ८ अर्ब ६६ करोड विनियोजन गरेको बताएका हुन्।आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन सम्पन्न गरी काँकडभिट्टा–इनरुवा खण्डको निर्माण शुरु गरिने छ।रसुवागढी–काठमाडौँ, वीरगञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरिनेछ भने दक्षिणी सीमानाकाबाट पूर्वपश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल, कोहलपुर जोड्ने रेल्वे लाइनको निर्माण गरिनेछ।

त्यस्तै जयनगर–जनकपुर–विजलपुरा खण्डमा रेल सेवा सञ्चालन हुने र बर्दिवास–निजगढ खण्डको निर्माण हुने बताइएको छ।यातायात व्यवस्थापनतर्फ, शहरी क्षेत्रको ट्राफिक चापलाई व्यवस्थापन गर्न र यात्रुलाई सुरक्षित तथा सुविधायुक्त सेवा प्रदान गर्न ठूला क्षमताका सार्वजनिक सवारी साधनलाई प्रोत्साहन गरिनेछ। विद्युतीय सवारी साधनका लागि आवश्यक चार्जिङ स्टेशन स्थापना गरिनेछ । सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न सार्वजनिक यातायात प्राधिकरणको स्थापना गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *