काठमाडौं । सेयर बजार असार ७ गतेदेखि खुल्ने भएको छ । आज नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेज (नेप्से) लगानीकर्तालगायतसँग छलफल गरेपछि असार ७ गतेबाट बजार खोल्ने तयारी भएको स्रोतले जनाएको छ । नेप्सेले असार ४ गतेसम्म बजार बन्द गर्ने सूचना जारी गरे पनि बजार खेल्ने मिति भने सार्वजनिक गरेको छैन ।तर आज भएको छलफपछि धितोपत्र बोर्डले नेप्सेलाई बजार खोल्न पत्र पठाएको छ । तर मिति भने नतोकिएको बोर्डका प्रवक्ता निरज गरी बताउँछन् । बोर्डको पत्र आएपछि आज साँझ बसेको नेप्से सञ्चालक समितिको बैंठकले असार ४ गतेसम्म बजार बन्द गर्ने निर्ण गरेको छ ।
तर कुन मितिबाट बजार खोल्ने भन्नेबारे सूचना केही पनि खुलाइएको छैन । असार ५ गते शुक्रबार र ६ गते शनिबार भएको हुँदा अर्को साताबाट बजार खोल्ने तयारी नेप्सेको छ ।नेपाल धितोपत्र बोर्डमा भएको लगानीकर्ताका संगठनहरुसहितको छलफलमा यो साता बजार नखोल्ने र आगामी साता केही मोडालीटीसहित बजार खोल्ने निर्णय भएको थियो । छलफलमा लगानीकर्ताले केही मागहरु अगाडि सारेपछि सेयर बजार खोल्न एक सातापछि पुगेको हो ।“बोर्डमा भएको छलफलमा यो साता केही मोडालिटी तयार गर्ने र अर्को साताबाट बजार खोल्ने विषयमा छलफल भएको थियो, सोही अनुसार हामीले नेप्सेलाई पत्र पठाएको थियौं, आगामी साताबाट बजार खुल्छ तर मिति भने नेप्सेले नै तय गर्छ” धितोपत्र बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक निरज गिरीले भने ।
नेप्सेको आज बसेको सञ्चालक समितिको बैंठकले ४ गतेसम्म बजार बन्द गर्ने निर्णय गरेको हो । नेप्सेले जारी गरेको सुचनामा भनिएको छ, “नेपाल धितोपत्र बोर्डको असार ३२ गतेको पत्र अनुसार जेठ १ को पत्रअनुसार नेपाल सरकारले लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजार कारोबार साविक बमोजिम स्थगन गर्ने व्यवस्था मिलाउन निर्देशन प्राग्त भएकोले नेप्से सञ्चालक समितिको जेठ ३२ मा बसेको बैंठकले २०७७ असार १ देखि ४ गतेसम्म धोतोपत्रको कारोबार स्थगित गरीएको छ ।”नेप्सेले सूचनामा धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार असार १ गतेदेखि ४ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय भएको जनाएको छ ।