काठमाण्डौ – द भ्वाइस अफ नेपाल सिजन २’ को टप १० मा पुग्न सफल मेचु धिमालले निकै राम्रो प्रस्तुती दिएकी छन् ।भारतले सिमाना मिचेर नेपालीहरुले बिरोध गरेका बेला मेचुले देशभक्त राष्ट्रिय गित गाउँदा कार्यकर्ममा सन्नाटा छाएको थियो भने उनले बोलेका शब्दले हरेक नेपालीको शरीरमा काँडा उठेको थियो । मेचुले, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे, तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको, माटो र पानी पहिलो धन धर्तीका छोराको, ए कहाँबाट हेरौँला संसार सन्झ्यालै नरहे, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे भन्ने गित गएकी थिईन् । गित गाउँदै गर्दा बिचबिचमा शब्द पनि निकै मार्मिक थिए जस्ले मेचुको प्रस्तुतिलाई अझै दमदार बनाएको थियो । मेचुले गीतको प्रस्तुतीसंगै उनले बिचबिचमा गरेको अभिनयले झन मेचुको उचाइलाई निकै माथि पुर्याएको महसुस गरिएको थियो ।
मेचुले गित गाएर सकेपछि स्टेजको अगाडी भक्कानो छोडेर रोएकी थिइन् । उनि रुँदै गरेको देखेपछि जजहरु उनलाई उठाउन अगाडिनै जानु परेको थियो । जज राजु लामा, आस्था राउत र प्रमोद खरेल स्टेजमै पुगेका थिए । प्रमोदले मेचुलाइ अंकमाल गर्दै उनलाई नरुन अनुरोध गरेक थिए ।मेचुको यो प्रस्तुती संगै हरेक नेपालीको मन मुटुमा झनै ठाउँ पाएकी छन् । अहिले उनको चर्चा निकै बढिरहेको छ । मेचुको यो प्रस्तुतिलाई दर्शक श्रोताले पनि निकै मन पराएका छन् । अहिले यो भिडियो सार्वजनिक भएसंगै युटुबमा उनका फ्यानहरुले निकै तारिफ गरेका छन् । मेचुको बिगत यस्तो छ : पानीको फोका जस्तै फूट्यो हाम्रो माया, नचाहँदा नचाहँदै ट्टुयो हाम्रो माया , अलिकति तिम्रो गल्ती भो अलिकति मेरो गल्ती भो अलिकति नजर लाग्यो पापी दुनियाँको……….. गीतकार राजुबाबु श्रेष्ठको शब्द, सँगीतकार हरि लम्सालको सँगीतमा गायिका रेजिना रिमालले गाएको गीत हो यो । जुन गीतलाई अत्याधिकले मन पराएका थिए र हालसम्म पनि छन् । पुरुष आवाजमा मनोज राजले गाएका हुन् । त्यही गीत गाएर अहिले चर्चामा छिन गायिका मेचु धिमाल । नेपालमा भइरहेको दोस्रो संस्करणको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा उक्त गीत गाएर निर्णायकको मन जितेकी मेचु सानैदेखि गीत सँगीतमा सौखिन हुन् । मोरङ जिल्ला उर्लाबारी नगरपालिका—२ स्थाई घर भएकी मेचुको जीवनमा थुप्रै उतारचढाव आएका छन् ।

१२ कक्षा पढिसकेपछि काठमाडौंमा गएकी मेचु सानैमा गाउने भन्दा पनि बढी नाच्ने गर्थिन । आफुलाई भारतिय प्रसिद्ध गायकगायिका सोनु निगम र श्रेया घोषालको ठूलो प्रशंसक भन्न रुचाउने मेचुलाई उनिहरुका गीतले प्रेरित ग¥यो । नाच्ने मेचु विस्तारै गाउनमा पनि रुचि राख्न थालिन । स्कुलमा पढदाताका गीतसँगीतबाट थुप्रै पुरस्कार पनि उनले जितेकी छिन् । गीतसँगीतका कार्यक्रमदेखि स्कुलमा हुने हरेक कार्यक्रममा मेचुको सहभागिता हुने गथ्र्यो । मोरङबाट काठमाडौं पुगेपश्चात उनलाई केहि समय गाह्रो भयो । वातावरण अनुुकुल हावापानी नमिलेका कारण बिरामी भईन । काठमाडौंमा उनकी सानीआमा भएकाले मेचुलाई बस्न भने सहज थियो । तर उनले दुख नगरेकी भने होइनन् । आफ्नो खुट्टामा आफै उभिन रुचाउने मेचुलाई थाहा थियो संघर्ष र निरन्तरताको फल एकदिन अवश्य मिठो हुन्छ । त्यसपछि उनले आफुलाई थप उर्जाशिल बनाउन संगीत शिक्षा पनि लिइन् । काठमाडौं एक विशाल शहर । जहाँ हजारौ मान्छेको भिड छ । सँगीतमा रम्नेहरुको जमात पनि काठमाडौंमा उत्पात नै छ । त्यही जमात बिचको एक नाम हो मेचु धिमाल । अहिले मेचुले संगीत बाहेक अरु केहि सोंचेकी छैनन् । विस्तारै संगीतले नै उनलाई व्यस्त बनाउन थालेको छ । आफै शब्द लेख्ने सँगीत भर्ने र गाउने कला भएकी मेचु अरुमा कमै भर पर्छिन । भन्छिन्— ‘सबै कुरामा निपुर्ण भएको राम्रो’ । पछिल्लो समय उनी रेर्कडिङमा पनि व्यस्त छिन ।
आफ्ना र अरुका गीतहरुलाई गाउन भ्याइनभ्याइ छ उनलाई । हिजो कसैले नपत्याउने मेचुलाई आज पत्याउन थालेका छन । सुर र सरगम गलामा भएर मात्र हुँदैन त्यसलाई प्रस्तुत गर्ने क्षमता र अवसर पनि चाहिने गर्छ । फेरि अवसर भएर मात्र कहाँ हुन्छ र ? त्यो अवसरलाई समात्न सक्ने खुबी पनि हुनुपर्यो । त्यही खुबी भएकी गायिका मध्ये पर्छिन मेचु धिमाल ।
आफुलाई लामो यात्राको घोँडा सम्झिने मेचुलाई नचल्नुको कारण राम्रो अवसर अझै नपाएको हो जस्तो लाग्छ । पछिल्लो समयमा गीत सँगीतमा गरिने लगानीले पनि असर गरेको हो कि भन्ने भान उनमा छ । ‘जो संग कला छ ऊ संग पैसा छैन । अनि जो संग पैसा छ ऊ संग कला छैन । यस्तो अवस्था छ नेपाली सांगीतिक क्षेत्रको’—उनी भन्छिन् ।
 ब्याटल राउन्डका लागि तयारी गरिरहेकी मेचुले अडिसनको अनुभव साट्दै भनिन् —‘हामीले बाहिरबाट अरुको विषयमा बोल्नु र त्यहाँ गएर आफैले गाउनुमा धेरै फरक हुने रहेछ ।