सबै नेपालीको घर घरमा बिजुली, भ्रष्टाचारको जरो उखेलेरै छाड्ने कुलमानको घोषणा

news

काठमाण्डाै – देशलाई लोडशेडिङमुक्त गराएको नेपाल विद्युत प्राधिकरणले अब देशैभर बिजुली पुर्‍याउने र खपत बढाउने योजना बनाएको छ ।प्राधिकरणमा कार्यभार सम्हालेको ३ वर्ष पूरा भएको अवसरमा आइतबार भएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३ वर्ष अर्थात २०७९ सालभित्र सबै नेपालीको घरमा बिजुली पुर्‍याउने दावी गर्नुभयो । केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन नसक्ने ठाउँमा उर्जाका अरु उपकरणमार्फत पनि बिजुली या सोलार पुर्‍याइने उहाँले जानकारी दिनुभयो ।त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

यस्तै उर्जा दक्षता भएका लिड चिम,पंखा,क्यापासिटर बैंक,पानी तान्ने मोटर लगायतका उपकारणको प्रयोग बढाइने पनि घिसिङले जानकारी दिनुभयो ।यस्तै संस्थागत सुशासनलाई कठोरताका साथ लागू गर्ने, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने, प्राधिकरणका सबै कामलाई पारदर्शी बनाउने पनि प्राधिकरणको अबको योजना छ ।३ वर्ष अघि आजैका दिन कार्यकारी निर्देशकको पद सम्हालेका घिसिङले झन्डै ९ अर्ब नोक्सानीमा रहेको प्राधिकरणलाई अहिले ७ अर्ब २० करोड नाफामा लगेको जानकारी दिनुभयो ।त्यस्तै ३ वर्ष अघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणको सञ्चित नोक्सानी अहिले १५ अर्ब २२ करोडमा झारिएको र ३ वर्ष अघि ३५ अर्ब ७ करोड रुपैयाँ वार्षिक आम्दानी रहेकोमा अहिले वार्षिक ७३ अर्ब ८६ करोड पुर्‍याइएको पनि घिसिङले जानकारी दिनुभयो ।अब देशमा यस्ताखालका भ्रष्टचरिलाई जरैदेखि उखेल्न अगाडी बढ्नुपर्छ त्यो अब कुलमानले त्यसको नेतृत्व लिएर देशको सेवा गर्न लाग्ने उनको योजना छ |

त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।यस्तै उर्जा दक्षता भएका लिड चिम,पंखा,क्यापासिटर बैंक,पानी तान्ने मोटर लगायतका उपकारणको प्रयोग बढाइने पनि घिसिङले जानकारी दिनुभयो । केन्द्रीय प्रसारणको बिजुली पुर्‍याउन नसक्ने ठाउँमा उर्जाका अरु उपकरणमार्फत पनि बिजुली या सोलार पुर्‍याइने उहाँले जानकारी दिनुभयो ।त्यस्तै विद्युत खपत बढाउन गाडीको चार्जिङ स्टेशनलाई व्यापक बनाउने र प्रोत्साहन दिने साथै सबैजसो घरायसी काममा विद्युतीय उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने पनि कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *